कार्यकर्ता भन्छन्ः मरासिनीमाथि २ सय प्रतिशत अन्तर्घात, मरासिनी भन्छन्ः ‘नो कमेन्ट’

स्याङ्जा | मंसिर १२, २०७९

कार्यकर्ता भन्छन्ः मरासिनीमाथि २ सय प्रतिशत अन्तर्घात, मरासिनी भन्छन्ः ‘नो कमेन्ट’

नेकपा एमालेका स्याङ्जा प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणप्रसाद मरासिनीले चुनाव हारेपछि जिल्लामा रहेको दुई खेमा सतहमा देखिएको छ । 

 

जसको असर शनिबार देखियो । जहाँ मरासिनी पक्षधरले पुतलीबजार १३ का इन्चार्ज लक्ष्मीपति सुवेदीलाई घरमै गएर कुटपिट गरे । कुटपिटपछि सुवेदीले नामै किटेर मरासिनी समर्थित युवाहरु डोलबहादुर मल्ल, विष्णुबहादुर थापा र सुनिल गिरी लगायतले आक्रमण गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । 

 

उजुरी परेपनि स्याङ्जा प्रहरीले पुष्टी गर्न मानिरहेको छैन भने सुवेदीले किटान गरेका युवाहरु पक्राउ पनि परेका छैनन् । 

 

यस विषयमा मरासिनी पक्षधर केही समर्थकले भने अन्तर्घात भएको जनाएका छन् । लामो समयदेखि मरासिनीलाई सघाउँदै आएका एक कार्यकर्ता भन्छन्, ‘घात–अन्तर्घात कतैकतै सामान्य भएपनि यहाँ २ सय प्रतिशत अन्तर्घात भएको छ ।’

 

उनका अनुसार मरासिनी हराउने अनुहारहरु तिनै हुन्, जो उनकै प्रचारमा हिँडेका थिए, तर बाह्यरुपमा खटेजस्तो गरेर ठूलै घात गरे । 

 

चुनावमा पराजय र शनिबार भएको तनावपछि सम्पर्कमा आउन नचाहेका मरासिनीले आज भने धारणा राखेका छन् । उनले भने, ‘चुनाव हारिसकियो, मैले केही बोल्न आवश्यक छैन, नो कमेन्ट प्लीज ।’

 

‘तपाइमाथि अन्तर्घात भयो, समर्थकले कुटपिट गरे तपाइ किन बोल्न चाहनुहुन्न ?’ भन्ने प्रश्नमा मरासिनी भन्छन्, ‘नो कमेन्ट प्लीज, अन्तर्घात भयो÷भएन भन्ने विश्लेषण गर्ने तपाइ (मिडिया)हरुको काम हो ।’

 

यद्यपि, मरासिनी हारका विभिन्न प्राविधिक कारण भएपनि मुख्य कारण भने राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारी भएको अर्का समर्थक बताउँछन् । ‘घन्टीलाई आएको ६ हजारमध्ये करिब ६० प्रतिशत भोट  एमालेको हो’ उनले भने ‘मरासिनीमाथि घात गर्ने समूह निस्कँदा घन्टी प्लस र मरासिनी माइनस हुन पुगे ।’

 

त्यस्तै, ‘प्राविधिक कारण’लाई धेरै कोणबाट बुझ्न उनले अनुरोध गरे । 

 

जिल्लाका एमाले कार्यकर्ताका अनुसार यस चुुनावमा पद्याकुमारी अर्याल र मरासिनीबीच आ–आफ्नो गुट बनाउँदाको परिणाम नेपाली कांग्रेसले बाजी मार्ने मौका पाएको छ । 

 

मरासिनी कांग्रेसका राजु थापासँग पराजित भएका हुन् । थापाले ३१ हजार ९९९ मत ल्याउँदा मरासिनीले २८ हजार ७४४ मत प्राप्त गरे । 

 

०७४ को निर्वाचनमा थापालाई मरासिनीले १० हजार ५६४ मतले हराएका थिए ।  

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्